देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

८ प्रतिशतले बढेर दुई महिनामै भित्रियो १६५ अर्ब रेमिट्यान्स

देशान्तर

काठमाडौं । विदेशबाट नेपाल भित्रने रेमिट्यान्समा गत बर्षभन्दा ८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्क अनुसार रेमिट्यान्स आप्रवाहमा ८.१ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार भदौं मसान्तसम्म ८ प्रतिशत बढेर १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको राष्ट्र बैंकले बताएको छ ।

रेमिट्यान्स आप्रवाह बढे पनि वैदेशिक रोजगारीमा जाने लगभग शतप्रतिशत हाराहारीमा नै यस अवधिमा घटेका छन् । केन्द्रय बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।