देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दशैं भत्ता फिर्ता गर्ने निर्णय संसदीय दलबाटै गर्नुपर्छ : काँग्रेस सांसद दिव्यमणि

देशान्तर


काठमाडौं । नेपाली काँग्रेसका सांसद् दिव्यमणि राज भण्डारीले दशैं भत्ता नलिने निर्णय पार्टीबाटै गर्नुपर्नेमा जोड दिएका छन् । गत वर्ष मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सांसदहरुलाई पनि संसद् सचिवालयले दशैं भत्ता भनेर अतिरिक्त एक महिनाको पारिश्रमिक उपलब्ध गराएको थियो । सोही रकम सांसदहरुले बुझेको सार्वजनिक भएपछि केही सांसदहरुले व्यक्तिगतरुपमा यो रकम फिर्ताको घोषणा पनि गरेका छन् ।

नेपाली काँग्रेसका सांसद भण्डारीले व्यक्तिगतरुपमा रकम फिर्ता गर्ने कुरा सकारात्मक भएपनि यसलाई पार्टीगत निर्णय गरेर एकमुष्ट फिर्ता गर्दा राम्रो सन्देश जाने बताए । कोरोना महामारीका बेला जनताले राहत नपाएको अवस्थामा जनप्रतिनिधिले दशैं खर्च बुझ्न नहुनेमा जोड दिए । उनले भने ‘यस विषयमा नेपाली काँग्रेसले औपचारिक निर्णय गरेर अघि बढ्नु पर्छ ।’

भौतिकरुपमा काँग्रेसको संसदीय दलको बैठक बस्न नसकिने अवस्था रहेपनि भर्चुअल बैठक बसेर यस विषयमा निर्णय गर्न सभापति तथा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई आग्रह गरे । उनले भने ‘अहिले भर्चुअल रुपमा जुम मिटिङहरु भइरहेका छन्, बाहिर भएका माननीयहरुलाई जुम मिटिङबाट जानकारी गराएर यो निर्णय तत्काल गर्नुपर्छ । यसका लागि म सभापति तथा संसदीय दलका नेतालाई आग्रह गर्दछु ।’

भर्चुअल मिटिङ गर्ने सम्भावना नरहेकाे अवस्थमा सभापति तथा संसदीय दलकाे नेताका हैसियतले पछि दलकाे बैठकबाट अनुमाेदन गर्ने गरि निर्णय गरि अघि बढ्न पनि आग्रह गरे ।

उनले भने ‘ स‌ंसदीय दलकाे नेताकाे हैसियतले यस विषयमा तत्काल निर्णय गरेर दलकाे सचिवालय मार्फत सबै सा‌ंसद्हरुकाे दशै भत्ता फिर्ता गराउने प्रक्रिया शुरु गराउन पर्छ ।’

यसैगरी संसद विकास कोषको विषयमा पनि काँग्रेसले थप छलफल गर्नुपर्नेमा जोड दिए । काेराेनाका कारण सम्पूर्ण क्षेत्र ठप्प भएका बेला संसद विकास काेषकाे रकम दुरुपयाेग हुने सम्भावना रहेकाले प्रतिपक्षि दलकाे हैसियतले यस विषयमा पनि ठाेस निर्णय गरेर अघि बढ्नु पर्नेमा जाेड दिए ।

यस्तै काेराेना उपचार सरकारले गर्न नस्के अभिब्यक्ति आउनु दुखद् कुरा भएकाे पनि बताएका छन् ।

संविधानमै नागरिककाे स्वास्थ्यकाे जिम्मा सरकारले लिने उल्लेख गरिएकाेमा सरकारले आइतबारदेखि काेराेनाकाे उपचार अब नागरिक आफैले गर्नु पर्ने निर्णय सार्वजनिक गरेकाे थियाे । याे विषयमा पनि काँग्रेसकाे संसदीय दलबाट औपचारिक निर्णय गरेर सरकारकाे ध्यानाकर्षण गराउन पनि माग गरे ।