देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाकाे सचिवालय बैठक आज

देशान्तर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
सचिवालय बैठक अघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो गोप्य छलफल भएको छ ।

पेरिस डाँडामा हिजो बस्ने भनिएको सचिवालय बैठक आजका लागि सारेर दुई अध्यक्षबिच भएको छलफललाई अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आजको बैठकबाट मन्त्रिपरिषद् पुनर्गठनको विषय, राजनीतिक तथा संवैधानिक नियुक्तिका लागि बनाउने मापदण्ड लगायतको टुंगो लगाउने सहमति भएको बताइएको छ ।