देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस

देशान्तर

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको हो । उनलाई अब राष्ट्रपति राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नेछिन् ।

गौतमलाई गत फागुन १४ गते राष्ट्रियसभामा पठाउने भनेर नेकपा सचिवालय बैठकले निर्णय गरेको थियो । १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले त्यही निर्णय कार्यान्वयन गर्ने सोच बनाएको जानकारी गराएका थिए ।