देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुस्लिम धर्मावलम्बीले बकर ईद मनाउँदै

देशान्तर

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद इदुल जोहा आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढने चलन छ । तर यो पटक कोरोना भाइरस संक्रमणको अवस्था भएकाले घरमै नमाज पढन नेपाल मुस्लिम संघले आग्रह गरेको छ ।

नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । हिजरी संवत् अनुसार १४३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

इदुल जोहाको अवसरका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, संबैधानिक निकायका प्रमुख तथा मुख्य राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् ।

सन्देशमा नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख छ ।