देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीले राष्ट्रवादको नाममा अफिम बाँडेका छन् : नेता कर्ण

देशान्तर

काठमाडौं ।  जनता समाजवादीका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी ओलीले राष्ट्रवादका नाममा जनतलाई अफिम बाँडिरहेको आरोप लगाएका छन् ।

देशान्तर संवादमा कुरा गर्दै नेता कर्णले नक्सा जारी गर्नु राम्रो कुरा भएपनि त्यो जग्गा लिनका लागि अरु पहल नभएकोमा दुःख व्यक्त गरे ।

उनले भने ओलीले आफूलाई राष्ट्रवादी देखाउनका लागि नक्सा जारी गरेको र अहिले चुप लागेर बसेको पनि आरोप लगाए ।

कोरोनाबाट ध्यान अनेत्र मोड्न र आफ्नो सत्ता टिकाउन पनि प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा नक्सा जारी गरेको कर्णको टिप्पणी थियो । संविधान संशाेधन अहिलकाे आवश्यकता रहेकाे पनि प्रष्ट पारे ।

यसैगरी अहिलेको महामारीविरुद्ध तीन तहका सरकारबीच आवश्यक समन्वय नभएको भन्दै सरकारले लकडाउन गरेर कानमा तेल हालेर बसेको पनि टिप्पणी गरे ।

राज्यले कोरोनाको महामारीमा ठगी र वेइमानी गरेको कर्णको भनाई छ । सुनौ कर्णसँग गरिएको यो कुराकानी ।