पोखरा । बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो ।
पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश प्रगोलशालाका एक कर्मचारीले जानकारी दिए । संक्रमितबारे प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी दिइएको उनले बताए ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले आफ्नो गाउँपालिकाका ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको आफूले जानकारी पाएको बताए । अध्यक्ष बुढामगरका अनुसार, सुनौली नाकाबाट उद्धार गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई बागलुङको आइसोलेसनमा पठाउने तयारी भएको उनले जानकारी दिए ।
बडिगार्ड गाउँपालिकामा भेटिएका कोरोना संक्रमितलाई पनि बागलुङकै आइसोलेसनमा पठाउने तयारी गरिएको उक्त गाउँपालिकाका अध्यक्ष मेहनसिंह पाइजाले जानकारी दिए । तमानखोला गाउँपालिकामा संक्रमित ४ जनासँगै ८ जना आएको अध्यक्ष जोकलाले जानकारी दिए ।
प्रतिक्रिया