देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना कहर : अब कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट

देशान्तर

काठमाडौं । कोरोनाको जोखिम बढी देखिएपछि कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाइने भएको छ ।

सरकारले थप व्यक्ति संक्रमित नहुन भनी ती जिल्लामा छिटो विधिबाट सम्भाव्य व्यक्तिको -यापिड टेष्टको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र कोभिड-१९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

यसैबीच कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म लकडाउनको अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ को सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापकरुपमा (मास स्केलमा) परीक्षण प्रक्रिया शुरु गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता खतिवडाले बताए ।