देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानाध्यापक बाटै कुटिए शिक्षक

देशान्तर

भोजपुर सदरमुकाममा रहेको सगरमाथा इंलिस बोर्डिङ्ग स्कूलका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रधानाध्यापकले कुटपिट गरेका छन् । गएको आइतबार विद्यालयमा टाइ र कोट नलगाएको निहुँमा विद्यालयका प्रधानाध्यापक रमेश आलेले कुटपिट गरेको पीडित शिक्षक अतित अधिकारीले बताए ।
आइतबार विद्यालयको पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशित गर्ने दिन थियो । अधिकारीले भने , ‘पढाइसकेपछि म स्टाफ रुममा टाइ र कोट झुण्ड्याएर जान्थेँ भोलिपल्ट विद्यालय समयमा लगाएर आउथेँ, आइतबार खाना खाएर सर्ट र पेन्ट लाउँदै गर्दा सहयोगीमार्फत बोलाएकोे खबर आयो । त्यसपछि म प्रधानाध्यापकको कोठामा गएँ । उहाँले मलाई खलासीजस्तो भएर आउने भनेर गाली गर्नुभयो । म कसैको गाली खान आएको हैन मलाई खलासी नभन्नुहोस् भन्दा उहाँले मलाई कार्यालय बाहिर ल्याएर कुटपिट गर्नुभयो ।’

यो भन्दा अघि पनि पटक–पटक विभिनन बाहानामा प्रधानाध्यापकले धम्की दिने गरेको बताए । अधिकारीले आफूलाई गालामा र ढाडमा कुटपिट गरेको बताए ।

अधिकारीले न्यायका लागि शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ र जीफन्टलाई बोधार्थमार्फत लिखित निवेदन दिएका छन । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले आफूकहाँ कारवाहीको माग गर्दै निवेदन लिएर आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरी समाधान गरिदिन लेखि पठाएको बताए ।