देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्युठानका मतदाता संग माफीमाग्दै कांग्रेस महामन्त्री थापाले भने -मिलेर सर्तका आधारमा सरकार चलाउछौँ

देशान्तर


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्युठानका कांग्रेसका मतदातालाई अघिल्लो निर्वाचनमा फरक चिन्हमा मतदान गर्न लगाएकोमासँग माफी मागेका छन् ।

सोमबार प्युठानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले भने ‘अघिल्लो निर्वाचनमा यहाँ हामीले गिलास चिन्हमा मतदान गर्न लगायौं । म यहाँका मतदातासँग माफी माग्न चाहन्छु,’ । उनले अब प्युठानमा कांग्रेसको एउटा पनि व्यक्तिले अर्को कुनै चुनाव चिन्हमा मत नहाल्ने जिकिर गरे । यस्तै महामन्त्री थापाले सरकारमा रहेर कांग्रेसले चकचक नगर्ने र उपद्रो पनि नगर्ने बताए । उनले भने, “प्रचण्ड प्रधानमन्त्री बन्नुभयो ।

पाँच वर्ष चलोस् भन्ने चाहेका थियौँ । हामीले बेइमानी गरेका होइनौँ । उहाँले नै कांग्रेसलाई छाडेर एमालेसँग जानुभयो । अहिले हामी एमालेसँग मिलेर सरकार चलाएका छौँ । हामी इमान्दार भएर सरकार चलाउछौँ । हामी चकचक र उपद्रो गर्दैनौँ सरकारका बारेमा ।”
उनले एमालेसँग आफूहरु बराबर हैसियतमा रहने बताउँदै भने, “न एमालेलाई हेप्छौँ न एमालेसँग झुक्छौँ । दुव्र्यवहार सहेर कांग्रेस सरकारमा बस्दैन । मिलेर सर्तका आधारमा सरकार चलाउछौँ ।”