काठमाडौं । सशस्त्र प्रहरी बलका तीनजना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्।
बिहीबार गृह मन्त्रालय बढुवा सिफारिस समितिले तीनजनालाई बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा पर्नेहरूमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन्।
यो बढुवा सिफारिसमा चित्त नबुझे अन्य उम्मेदवारले सात दिनभित्र उजुरी दिन सक्छन्।तर, फौजी संगठनमा बढुवा–सरुवामा चित्त दुखाएर उजुरी गर्नेहरू प्रायः छैनन्।
यो बढुवा सिफारिसमा नअटाएका कृष्णराज पाठक हुन्। उनी सबैभन्दा वरिष्ठ एसएसपी थिए। अघिल्लोपटकको बढुवामा समेत उनी छुटेका थिए।
पाठकका ब्याचमेट सुरेश श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी यसअघि नै बढुवा भइसकेका थिए।
प्रतिक्रिया