देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्मृति-कथाकार / मित्र विनोद दीक्षित



सो…१
त्यो हाँसी नै रहेको छ । अचम्मको बच्चो आज दस दिनको भयो । सीमान्तकृत महिलाको गर्भबाट जन्मेदेखि अविरल हाँसी नै रहेको छ । कति डाक्टर र झाँक्रीहरूबोलाइए । उनीहरूको केहीलागेन । इन्जेक्सन र मन्त्र पाठले केहीगर्न सकेन बच्चोले हाँस्नबन्द गरेन । एउटा झाँक्रीले न हाँसो बन्दगर्न बच्चोका छातीमा नङ गाडेर चिथोरेको थियो । छातीबाटजमेको रगतनिस्कियो, बच्चो हाँसी नै राख्यो । हेर्ने मानिसमाविवादहुनथाल्यो कसैले त्यसलाई देउता र कसैले दैत्यको प्रतीकभने ।
बच्चोलाई म्युजियममा राखियो । धेरै मानिसहरूले त्यसलाई हेरे, ऊ हाँसीनै राखेको छ । एउटा अखबारले त्यस बच्चोलाई हेर्ने मानिसहरूको तथ्यांकप्रकाशित गरेको थियो । केहीलाख र केहीहजार ।
‘एक वर्षभित्रत्यसलाई सारा नेपालीले हेर्नेछन् । र त्यो हाँसी नै रहनेछ भन्ने अनुमानगरिएको छ ।
यो विनोददीक्षितको एक कथाको अंशहो । यस कथालाई उनको कथाप्रकृतिको एक नमुनामान्न सकिन्छ ।
विनोददीक्षित धेरैअघिदेखि कथा लेखिरहेको कथाकार हुन् । उनकाकथाले निरन्तरतापाइरहेको भएउनी नेपालकाअझै उच्चताप्राप्तकथाकार हुन्थे ।
उनको यो कथामा केहीविशेषता छन् । यस्तो लाग्दछ, पहिले उनले यो कथा एक लघु कथाकारूपमाथालेकाथिए । तीनकथाभनेर उनले शीर्षक दिएका छन् ।कथा सम्पूर्ण गर्दा उनले २०७७को मितिथिएका छन् । तर पहिलो कथा सकिएपछि त्यसमामिति रचना १९,२०२७हालिएको छ । त्यो कथाको अंशभएजस्तो देखिन्न । त्यस कारण पहिलो उनले यसलाई लघुकथाका रूपमाथालेकाथिएकिभन्ने बुझन सकिन्छ ।
जे होस्, विनोदको यो कथा, उनको कथामध्ये एक विशिष्ट कथा लाग्दछ ।
विनोदको कथाकारिताका केहीविशेषता छन् । उनीआफ्नाकतिकथामागाउँवा सानो गइरहेको प्रयोग गर्दछन् । त्यहाँ एक स्कुल हुन्छ, केहीशिक्षक हुन्छन् एक विद्यार्थी हुन्छ, जो पढाइमा ध्याननदिएर ठटुङ्गई गर्दछ । फलस्वरूप शिक्षकबाट दण्डित भइरहन्छ दण्डको क्रममाकहिलेकाहीँउत्तेजितभएर आफूले आफैंलाई पिटेर शिक्षकविरुद्ध विद्रोहपनि देखाउँछ । यस्ता धेरै कथाहरू छन् उनका । यस्तो लाग्दछ, यो उनको विगतको कुनै हिस्सा हो जसलाई उनले मनोवैज्ञानिक र कथात्मकरूपदिएर प्रस्तुत गरेका छन् र अत्यन्त सफलतापूर्वक प्रस्तुत गरेका छन् ।
नेपालीमा यस्ता कथाविनोदकै विशेषताबनेको देखिन्छ, अरूले कम लेखेका छन् । या नेपालीकथामाविनोदलाई जान्छ । पात्रको नाउँबदनेको होला, ठाउँ अर्कै बनाइएको होला, घटना हेरफेर होला, तर कथाको मनोविज्ञान र घटनाको तारतम्य, एक अर्धसहरको स्कुल रहेको छ ।
यस्तो पृष्ठभूमिसँग म पनि परिचित छु त्यसैले यो लेख्न सकिरहेको छु । म स्वयं पनित्यस्तै पृष्ठभूमिकै व्यक्तिहुँ । तर मैले यस विषयमाकथा लेख्न सकिनँविनोद दीक्षितले सके । सकेमात्रहोइन, सफलतापूर्वक सके, त्यसकालागिउनीलाई धन्यवाद दिनुपर्छ । कारण, यीकथाहरू, आफैंमायुनिकबनेका छन् ।
विनोदले कथा लेखनको थालनीमै कथामा केहीअलगगरुँभन्ने चाहना राखेका छन् । मधुरात्रिजस्ताकथाले दुई सांस्कृतिक सोचको द्वन्द्व देखाउँछ । नेपाली साहित्यमामधुरात्रिलाई एक उम्दा र ट्रेन्ड सेन्टर कथामान्नुपर्ने हुन्छ ।
त्यसैगरी, उनको एक कथाथियो, क्यूको भ्रमण त्यसलाई पनि म विनोद दीक्षितको एक उम्दाप्रयोगधर्मी कथा मान्दछु । आजको कुरा होइन, आधा शताब्दीअघिको कुरा हो । मलाई सम्झना छ, तिनताकारूपरेखापत्रिकाले एक युग नै बनाएको थियो । जस्तो शारदा पत्रिकाको एक युग मानिन्छ । त्यस्तै रूपरेखापनि एक युगहो । रूप रेखाबाट एक सिंगो नयाँ पुस्तातयार भएको थियो । २०२० वैशाख १ को बिहान न्युरोडमाविनोद दीक्षित र म कैयौं चक्कर हिँडेकाथियौं । विनोद तिनताकाप्युखाभन्ने टोलमा बस्थे र म बस्थेँ दुगमबहिलमाहामीदुवै फुत्तनिस्केर न्युरोड पुग्न सक्यौं ।
त्यसैले त्यसदिनमलाई र विनोदलाई न्युरोड घुम्न सजिलो थियो । हामी धेरैबेर सँगै हिँडिरह्यौं, दुवै प्रसन्नथियौँ । प्रसन्नताको कारण एउटै थियो, हामीदुवैकाकवितारूपरेखाको कविताविशेषांकमा छापिएको थियो । २०२० वैशाख १ गते त्यसैले हामी न्युरोड घुमिरहेकाथियौं, प्रसन्नमुद्रामा । मेरो त त्यो नेपालीमा छापिएको पहिलो कविता नै थियो । त्यसैले खुसी । विनोदको पनिरूपरेखाजस्तो राष्ट्रिय रूपमा प्रतिष्ठित पत्रिकामा छापिएको पहिलो पत्रिकाथियो यसले खुसी ।
विनोद दीक्षितको कविताको शीर्षक थियो, ‘म पापीकोपिला रहेछु ।’ मेरो कविताको शीर्षक थियो ‘तटस्थः असफलता ।’
यसरी दुई मित्रआ–आफ्नो कविताका साथ, साहित्ययात्रामा हिँडेकाथियौं । पछि हामीदुवैले कथाको बाटो समायौं । त्यो अझै चलिरहेकै छ ।
विनोद दीक्षितले निकै राम्राकथाहरूखासगरी मनोवैज्ञानिक स्पर्शका लेखेका छन् । उनीबीचमाअन्यविद्यामा न अलमलिएकाभए यस्ताउम्दाकथाहरूकतिआउँथे होलान् ?विनोदकाकथाहरूलाई म नेपालीको उच्चश्रेणीका कथामा राख्दछु । उनको संस्मरण पनित्यतिकै राम्रो छ । स्पष्ट र खुल्ला, त्यसमाउनको निजी शैलीको छाप त छँदैछ ।
विनोदलाई म सधंै सम्झिरहन्छु एक इमान्दार कथाकार र एक इमान्दार मित्रकारूपमा । उनीगएको पनिवर्षदिन नाघिसकेछ । तै पनि लाग्दछ, उनको फोन आउँछ एक्कासि र उनीआफ्नो नयाँकथाको प्लट सुनाउनेछन् । बालशखाहुन् उनी, भेटेको थिएँ र हालमिलाएर रिजोल्युसनलिएकाथिएँ । मसँगभनेको उनको अन्तिमवाक्यथियो– ‘अहिले धेरै गर्न बाँकी छ ।’