काठमाडौं । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. श्रवणकुमार थापा नियुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. थापालाई सोमबार महाशाखा निर्देशकमा नियुक्त गरेका हुन् । उनी यसअघि वीर अस्पतालमा सहायक निर्देशकको जिम्मेवारीमा थिए ।
व्यवस्थापन महाशाखाका यसअघिका निर्देशक डा. सर्वेश शर्मालाई भने वीर अस्पताल सरुवा गरिएको छ । थापाले बुधबारदेखि कार्याभार सम्हाल्ने भएका छन् ।
प्रतिक्रिया