देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोरखा–१(२) मा कांग्रेसका न्यौपाने विजयी

देशान्तर

काठमाडौं – गोरखा–१(२) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन्। आज बिहान सम्पन्न भएको मतगणनामा न्यौपाने १६ हजार दुई सय ६१ मत ल्याएर विजयी भएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मोहनप्रसाद भट्टराईले सात हजार पाँच सय ३३ मत प्राप्त गरेका छन्। न्यौपानेले आठ हजार सात सय २८ मतको मतान्तरले निर्वाचन जित्न सफल भएका हुन् ।

उनी वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार थिए। न्यौपाने नेपाली कांग्रेस गोरखाको सभापतिसमेत हुन्।