देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौँ–१० मा कांग्रेसका केसी विजयी

देशान्तर

काठमाडौँ – काठमाडौँ १० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन्।

निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उनले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी भएका हुन् ।

प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन्। यद्यपि विजयको औपचारिक घोषणा हुन बाँकी छ । एमालेका केसीले ११ हजार सात सय ८७ मत प्राप्त गरेका छन्।

यस निर्वाचन क्षेत्रमा कूल ५३ हजार तीन सय ३६ मत खसेको थियो भने स्वतन्त्रसहित विभिन्न पार्टीका १८ को उम्मेदवारी परेको थियो ।