देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालुवाटारमा आगलागी

देशान्तर

काठमाडौं । काठमाडौंको बालुवाटारको एक घरमा आगलागी भएको छ । आज बिहानैदेखि आगलागी भएको हो ।

बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको घरमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले दमकल पठाएको छ तर उक्त दमकल बिग्रिएकोले आगलागी नियन्त्रणमा कठिनाइ भएको छ ।