देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा ११ अंकको गिरावट, एक अर्ब पाँच करोडको कारोबार

देशान्तर

काठमाडौं – नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन २३ दशमलव ८५ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज पनि ११ दशमलव ८२ अंकले घटेर १९ सय २१ दशमलव ३१ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २२ अंकले घटेर तीन सय ७२ दशमलव ६० अंकमा झरेको छ ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा दुईवटाको सूचक बढेर बाँकी ११ वटा समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव २९ अंकले बढेर १३ सय ४० दशमलव ८९ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक ९६ दशमलव नौ अंकले बढेर नौ हजार पाँच सय ४९ दशमलव ६० अंकमा चढेको छ ।दुई सय ३० कम्पनीको २३ हजार एक सय ३२ पटकको कारोबारमा ३० लाख ३७ हजार ६ सय ३० कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण आज कुल कारोबार रकम एक अर्ब पाँच करोड ८२ लाख ४६ हजार चार सय ७२ रुपैयाँ पुगेको छ ।

यीबाहेक विकास बैंक समूहको सूचक भने ४३ दशमलव ८३ अंकले घटेर तीन हजार एक सय ९२ दशमलव २६ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक ३६ दशमलव १३ अंकले घटेर दुई हजार ९९ दशमलव १७ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि २२ दशमलव चार अंकले घटेर १३ सय ७९ दशमलव ९३ अंकमा झरेको छ । यस्तै निर्जीवन बिमा समूहको सूचक एक सय नौ दशमलव ९६ अंकले घटेर सात हजार सात सय १७ दशमलव ९५ अंकमा झरेको छ । यसैगरी ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।

यसैगरी आज एसियन लाइफ इन्स्योरेन्स कम्पनीको प्र्रतिकित्ता पाँच सय ७७ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ३१ लाख ३३ हजार दुई सय ५६ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।नेप्सेमा आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर आठ सय ७१ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यस्तै लक्ष्मी इक्विटी फन्डको प्रतियुनिट सेयर मूल्य भने पाँच दशमलव ७१ प्रतिशतले घटेर नौ रुपैयाँ ३८ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।