देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

देशान्तर

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किंदा दुई जना युवाको मृत्यु भएको हो ।

मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी राजु पाण्डेले जानकारी दिए । अर्का एकजनाको भने सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।