देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज पनि संसद बैठक अबरुद्ध

देशान्तर

काठमाडौं । लगातार अबरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आज पनि अवरुद्ध भएको छ ।

मधेसी मोर्चाका सांसदले बैठक सुरु हुनासाथ रोष्टम घेरेर नाराबाजी गरे । नेपाल मजदुर किसान पार्टीका सांसदले नाकाबन्दी र भारतीय हस्तक्षेपविरुद्ध आफ्नै स्थानमा उभिएर नारा लगाएपछि बैठक अबरुद्ध भएको हो ।

संसद बैठकलाई उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले सम्बोधन गर्ने कार्यसूची थियो । सभामुख ओनसरी घर्तीले उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले सम्बोधन गर्न चाहनु भएको छ, आफ्नो स्थानमा बस्नुस् भन्दै सांसदहरुलाई आग्रह गरेकी थिइन् ।
तर, बैठकमा थापा नै उपस्थित थिएनन् । बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गर्न चाहेका थिए । तर, नाराबाजी भइरहेका कारण सभामुख घर्तीले उनलाई बोल्न दिएनन् ।

बैठकपछि खतिवडाले भारतको संसदमा नेपालबारे छलफल भएको भन्दै नेपालमा पनि भारतको नाकाबन्दीबारे छलफल गर्नु पर्ने माग गर्न लागेको बताए ।
मधेसी मोर्चा र नेमकिपाका सांसदहरुको नाराबाजीपछि संसदको बैठक २१ गतेसम्मका लागि स्थगित भएको छ ।

]]>