देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

त्रिविका शैक्षिक प्रमाणपत्रका लागि अनलाइनबाटै आवेदन गर्न पाइने

देशान्तर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अब अनलाइनबाट नै आवेदन दिन सकिने भएको छ।

त्रिवि, परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले सेवाग्राहीलाई बल्खुस्थित कार्यालयमा आउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न यस्तो व्यवस्था गरेको हो।

पनिकाले अनलाइन सेवा अन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम गर्न सक्ने जनाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीद्वारा जारी एक सूचनाअनुसार आज बिहान ११ बजेबाट सेवा सुचारु हुने छ भने अन्य सेवाहरू पनि क्रमशः लागू हुँदै जाने भएको छ।

आगामी जेठ १५ गतेबाट त्रिवि पनिका बल्खुबाट दिइने सम्पूर्ण सेवाहरू अनलाइनबाट नै सञ्चालन हुने छन्।

पनिकाका अनुसार अनलाइनमा फारम भर्न कतगमभलत।तगभहबm।भमग।लउ मा लगइन गरी दिइएको निर्देशनअनुसार फारम भरेर तोकिएको शुल्क तिरी कगदmष्त गर्नुपर्ने छ।

यसका लागि रजिष्ट्रेशन कार्डमा उल्लेख भएअनुसार मार्कसीटहरूमा एकरुपता भए सोही अनुसार गर्ने नभए करेक्सन अप्सनमा गएर सच्याएर गर्न सकिने बताइएको छ।

अनलाइन वितरण गरिएका मार्कसिटबाहेक सोभन्दा पूर्व वितरण गरिएका पहेँलो सक्कल मार्कसिटमा फरक पर्न गएर एप्लिकेसन आइडीको स्लिप र सो मार्कसिट तोकिएको गोप्य शाखामा बुझाउनुपर्ने बताइएको छ।

यी सबै प्रक्रिया पूरा गरेपछि प्राप्त निर्देशनअनुसार ट्रान्सक्रिप्ट संकलन गर्न पनिकाले आग्रह गरेको छ ।