देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीलाई एकदिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार छैन : माओवादी केन्द्र

देशान्तर


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी ओलीलाई एकदिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नरहेको जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले औचित्य स्थापित गर्न वर्तमान सरकार पूर्णरुपमा असफल भएको आरोप समेत लगाउँदै राजनीतिकरूपमा वर्तमान सरकारले वैधानिकता गुमाइसकेको बताए ।

सापकोटाले वर्तमान गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाए । प्रवक्ता सापकोटाले आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने र विपक्षप्रति सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको शृंखला नै खडा गरिएको बताए । वर्तमान सरकारले गरेका निर्णय सबै बिचौलियाको स्वार्थमा जनहित र राष्ट्रहित विपरीत रहेको सापकोटाको भनाई छ।

दुई दलीय गठबन्धन सरकारले प्रचण्ड नेतृत्वको यसअघिको सरकारले गरेको भ्रष्टाचार विरोधी अभियानलाई उल्ट्याएको मात्र नभई सुशासन कायम गर्न लागेका अधिकारीहरुलाई छानीछानी दण्डित गरेको आरोप लगाएको छ ।