देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरा थन्डर्स नेपाल सुपर लिगको फाइनलमा

देशान्तर


काठमाडौँ । स्टेफन समीर बिनोङको निर्णायक गोलसँगै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न दोस्रो क्वालिफायर खेलमा पोखराले धनगढी एफसीलाई १–० ले हराएको हो । बिनोङले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको एक गोलनै पोखराको लागि निर्णयक गोल सावित भयो । यस जितसङ्गै पोखराले उपाधिका लागि अब साविक विजेता ललितपुर सिटी एफसीसँग खेल्नेछ ।

पोखराले इलिमिनेटरमा एफसी चितवनलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । धनगढी भने पहिलो क्वालिफायरमा ललितपुरसँग २–१ ले पराजित भएको हो । उक्त प्रतियोगिताको फाइन खेल हुनेछ ।