देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कक्षा १२ को परीक्षामा संलग्न नहुने शिक्षक महासंघको निर्णय

देशान्तर

काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षामा संलग्न नहुने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको महासंघको बैठकले माग पूरा नभएसम्म परीक्षा सञ्चालन नगर्न केन्द्राध्यक्ष, निरीक्षकलगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको हो ।

चैत २० गतेबाट शिक्षकहरूको राजधानीकेन्द्रित आन्दोलन जारी रहेको छ । यसैबीच महासंघले विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई पनि आन्दोलनमा बोलाएको छ ।

‘संस्थागत विद्यालयहरूसमेत बन्द गरिदिई आन्दोलनलाई सघाउन प्याब्सन र एनप्याब्सनलाई अनुरोध गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।