देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतन्त्रको रक्षा गर्न सबै सजग र सचेत रहनुपर्छ : डा कोइराला

देशान्तर


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले लोकतन्त्र सुदृढीकरणका लागि सबै एकजुट हुनु जरुरी रहेको बताएका छन् । लोकतन्त्र दिवस र नयाँ वर्ष २०८२ को अवसर पारेर आज आफ्नो निवास महाराजगञ्जमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्र सुदृढिकरणका लागि सबै राजनीतिक दल, सरोकार भएका निकाय, जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

लोकतन्त्रलाई संरक्षण गर्दै प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेस बलियो हुनुपर्ने बताउँदै उनले त्यसका लागि कांग्रेसमा गुटउपगुट नभई एक ढिक्का हुनुपर्ने आवश्यकता औँल्याए । नेता डा. कोइरालाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताउँदै यसको रक्षार्थ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए। 

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री दिपक खडका, नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, एनपी साउद, प्रवक्ता डा प्रकाशशरण महत, महेश आचार्य, दिपक गिरी, पार्टीका केन्द्रीय सदस्यहरू, विभिन्न भ्रातृ र शुभेच्छुक संस्थाका नेता, कार्यकर्तालगायतको उपस्थिति थियो ।