काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले यही चैत १५ गते तीनकुने क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा भोजपुरको अरुण गाउँपालिका–५ का ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् ।
पक्राउ परेका दुवै जनालाई आपराधिक उपद्रव कसुरअन्तर्गत जिल्ला अदालत काठमाडौंबाट २० दिनको म्याद थपगरी अनुसन्धान भइरहेको काठमाडौं परिसरका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
प्रतिक्रिया