देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले सचिवालय बैठक आज बस्दै

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ४६औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न थालेको हो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजे बस्नेछ ।