देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

केबलकार निर्माण रोक्न माग गर्दै दायर रिटमा सुनुवाइ हुँदै

देशान्तर

काठमाडौँ । पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ताप्लेजुङको फुङलिङ नगरपालिका कार्यालय, जिल्ला वन डिभिजन कार्यालय ताप्लेजुङ, पाथीभरा क्षेत्र विकास समिति फुङलिङलाई विपक्षी बनाएर रिट निवेदन दायर भएको थियो । यस सम्बन्धी दुई वटा रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् ।