काठमाडौं । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।
मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए । यसैबीच सापकोटाको निधनका कारण एकीकृत समाजवादीको केन्द्रीय कमिटीको आजका लागि तय भएको बैठक स्थगित भएको छ ।
बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको नेकपा एसले जनाएको छ ।
प्रतिक्रिया