काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी क्षेत्रमा देखिएको विकृत्ति र विसंगतिलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।
‘कांग्रेस र सहकारी’ विषयमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उनले सहकारीमा जनताको बचतको सुरक्षा गराउन सक्नुपर्ने बताए । सरकारले समयअनुकुल सहकारी मैत्री ऐन बनाउन आवश्यक ठानेर अध्यादेश ल्याएको बताए । सहकारी क्षेत्रको गुणत्मक सुधार हुँदा समग्र अर्थतन्त्रमै सुधार आउने उनको विश्वास छ । यसैबीच प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न सुझाव दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको सो विभागका प्रमुख खगराज अधिकारी र महासङ्घका अध्यक्ष ओमदेवी मल्लले आज बेग्लाबेग्लै पत्र हस्तान्तरण गरी अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न सुझाव दिएका हुन् ।
सुझाव ग्रहण गर्दै प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयक ल्याउँदा यी विषयमा छलफल गरिने र संयुक्त सरकार भएकाले राजनीतिक दलसँग पनि परामर्श गर्नुपर्ने बताए ।
प्रतिक्रिया