देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कृत्रिम बुद्धिमत्ता




कृत्रिम बुद्धिमत्ता (एआई) भनेको मानिसले बनाएको उपकरण जसमा सोच्न सक्ने क्षमता विकास गरिएको हुन्छ भन्ने बुझ्न सक्छौं । मानिसद्वारा निर्मित उपकरण भएको कारण मानिसले जे–जसरी सोचेर काम गर्छ, उसले विकास गरेको उपकरण पनि मानिसले जस्तै सोच्ने गरी निर्माण गर्नु स्वाभाविक भयो । मानिसले उपकरणको डिजाइन गर्दा नै मानिसको आफनो क्षमताबाट परिकल्पना जति गर्न सक्छ, त्यहीअनुसारकै उपकरण डिजाइन गर्ने भयो । तर, मानिस तेस्रो आयाममा आफनो जीवन सञ्चालन गर्ने बौद्धिक प्राणी हो, त्यसैले मेसिन पनि तेस्रो आयामभन्दा माथि जान सक्छ कि सक्दैन भन्ने प्रश्न पनि छँदै छ ।

मानिसको सिकाइ पक्रियामा उसको जेनेटिक (वंशाणुगत) गुण र उसले देखेको, भोगेको, सिकेको र उसले बटुलेको अनुभवजस्ता कुराहरूले निर्धारण गरिरहेको हुन्छ भने उपकरणको हकमा इन्जिनियरहरूद्वारा निर्देशित तर्कहरूको याने कि उपकरणमा भण्डारण गरिएका प्रोग्रामहरूले गर्न सक्ने विश्लेषणको आधारमा काम गर्दछ । एआई उपकरण भन्नाले विशेषतः हार्डवेयर र सफ्टवेयरको कम्बिनेसनबाट मानिसले चाहेको, अह्राएको काम गर्ने उपकरण भन्ने हो । सफ्टवेयर भनेको उपकरणलाई कम्प्युटर प्रोग्राममार्फत सुरक्षण गरिने तर्कहरूको खजाना हो भने हार्डवेयरहरू भनेको हामीले देख्ने भौतिक स्वरूप हो । सुरुमा भण्डारण गरिएका तर्कहरू उपकरण आफैंले प्रयोग गर्दै नतिजा दिइरहेका हुन्छन् भने विस्तारै उपकरण आफैंले गरेको काम र त्यसबीचमा उपकरणले पाएको फिडब्याकका आधारमा उपकरणभित्र संरक्षित तर्कहरूको अद्यावधिक गर्ने अधिकारसहितको स्वतन्त्र उपकरण एआई उपकरण हो । मानिसलाई एआई उपकरण अवसर र चुनौती दुवै हो । जसरी मानिसले आफ्ना ज्ञानेन्द्रियबाट सँगालेका अनुभव र भावनाबाट आफूलाई परिमार्जन गरिरहेका हुन्छन्, मेसिन पनि आफ्ना कामगराइ, सेन्सरमार्फतको अनुभव लगायतबाट आफूलाई आवधिक गर्न सक्ने हुन्छन् ।


यसरी उपकरणले उपकरणकै गतिविधिबाट सिक्नु ‘मेसिन लर्निङ’ हो । मानिसमा हुने भावनात्मक र बल दुवै उपकरणले उपकरणमै विकास गर्दाको अवस्थामा मानिस भन्दा एआईसहितको उपकरण दक्ष नबन्ला भन्न सकिँदैन ।
एप्पल फोनको सिरिज, गुगल असिस्टेट, गुगल म्याप, एम्याजोनको एकु, टेस्ला गाडीको अटोमेटिक ड्राइभिङ सिस्टम, उद्योगमा प्रयोग हुने उपकरण, अस्पतालमा औषधोपचारमा प्रयोग हुने अत्याधुनिक उपकरणजस्ता एआई. प्रयोग भई हामीलाई सहयोगी बनिरहेका धेरै उपकरण, उपकरण मात्र नभई हाम्रा साथीजस्ता बनिसकेका छन् वा हाम्रो लत बसेका प्रविधि बनिसकेका छन् ।

(आलेखकार बरिष्ठ ईन्जिनियर ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका अध्यक्ष हुन् । )