देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ईजी डेन्टलले निःशुल्क  दन्त शिविर सञ्चालन गर्ने

देशान्तर

काठामाडौं । चुच्चे पाटी महांकालमा रहेको ईजी डेन्टलले असारमा एक महिना सम्म निःशुल्क  दन्त शिविर सञ्चालन गर्ने भएको छ ।  

दाँत तथा मुखको उपचार महँगो छ भन्ने कुरा  धेरै जनाले गर्दै गर्दा उपचार बाट आर्थिक कारणले वञ्चित हुन् नपरोस् सबैको लागि सहज होस् सुलभ होस् भन्ने उद्देश्यका साथ  असार १ गते देखि ३१ सम्म एक महिने शिविर सञ्चालन गर्न लागेको हो ।

समाज र स्वास्थ्य क्षेत्रमा लामो समय अनुभव लिएका सञ्चालकबाट सञ्चालित यस ई जी डेन्टल ले शुभारम्भ को अवसरमा शिविर सञ्चालन गर्न लागेको निर्देशक अजय रेग्मीले जानकारी दिएका छन् । 

शिविरमा निःशुल्क नाम दर्ता, चेक जाँच तथा परामर्श ,निःशुल्क दाँत सफा गर्ने , ११ वर्ष सम्मका बाल बालिका र बच्चा र ७५  वर्ष माथिका ज्येष्ठ नागरिकको दाँत निकाल्ने, मुखको क्यान्सर सम्बन्धी चेक जाँच , दाँत तथा मुख सम्बन्धी अन्य उपचारमा  छूट र  मात्र ३५ सयमा जरा देखीको उपचार (RCT) सेवा प्रदान गरिने पनि रेग्मीले जानकारी दिएका छन् ।