कुनै समय हुलाकबाट चिठी पोष्ट गरेको हुलाक कार्यालयका आफ्ना विभिन्न प्रक्रियाअनुसार निश्चित समय लगाएर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गर्दथ्यो । अक्षरका सन्देशहरू परिवर्तन भएर आवाज, चित्र तथा चलचित्रका सन्देशहरू आदानप्रदान हुन थाले । यी सन्देश आदानप्रदानका शैली परिवर्तन हुँदै गर्दा प्रविधिहरू पनि परिवर्तन हुँदै गए । अक्षर तथा चित्रका सन्देश आदानप्रदान हँुदा हुलाक सेवा, त्यसपछि ध्वनि सन्देशका लागि आकाशवाणी अनि दूरसञ्चार सेवा, रेडियो, एफएम, चलचित्र सन्देशका लागि टेलिभिजन, स्काइप, भाइबर, मेसेन्जरजस्ता विभिन्न टुल्स र मिडियमहरू प्रयोगमा आए । आमसञ्चार र सञ्चार क्षेत्रका विस्तारसँगसगै आम नागरिकमा सेवा तथा सुविधाका प्रकारहरू यथेष्ट हँदै गए । हुलाकी सेवा आवधिक हँुदै इमेल, इन्टरनेटका रूपमा पनि सञ्चार प्रवाह भइरहेका छन् । इमेल इन्टरनेटमार्फत पनि अक्षरका सन्देशसँगै चित्र तथा चलचित्र आदानप्रदान भइरहेका छन् । हिजो एक ठाउँबाट अर्को ठाउँसम्म मानिसहरू पुगेर सभा, सम्मेलन गर्ने परम्परा अब डिजिटल माध्यमको प्रयोग गरी अन्तत्र्रिmयात्मक सञ्चारमाध्यममार्फत हुन थालेका छन् । अन्तक्र्रियात्मक सञ्चार भन्नाले दुई वा दुईभन्दा बढी पक्षहरूबीच सञ्चारको आदानप्रदान गरिनु हो । हामी परम्परागत हिसाबले एकतर्फी सञ्चार प्रवाह गर्दै आएका थियौं । मेसिनको बिकासक्रम सँगसँगै हामीले दुईतर्फी वा सोभन्दा बढी पक्षहरूसँग लगभग एउटै समयमा सञ्चार आदानप्रदान गर्ने क्षमता विकास गर्दै गएका छांै । अहिले हामी मोबाइल, कम्प्युटर, ल्यापटप वा अन्य विद्युतीय उपकरणबाट एकअर्कामा सञ्चार आदानप्रदान गरिरहेका छौ । यसरी हामीले आफ्ना सूचना, सन्देह मेसिनमार्फत आदानप्रदान गर्ने प्रक्रियालाई अन्तक्र्रियात्मक सञ्चार भन्ने गर्दछौं । उदाहरणका लागि रामबहादुरले सीता, गीता, हरिहरूसँग मेसिनको प्रयोग गरी एकअर्कामा अन्तक्र्रिया गरिरहेका हुन सक्छन् । यसका लागि हामीलाई मेसिनले बुझ्ने भाषामा अनुवाद गरेर प्रयोगकताहरूबीच प्रकाशन, प्रसारण गर्नुपर्ने हुन्छ । बीचमा प्रयोग हुने भाषालाई हामी मेसिन ल्याङ्ग्वेज भन्छौ, जुन बायोनरी सिस्टममा हुन्छ । तर सन्देश सुरु गर्ने र प्राप्त गर्नेहरूले भने हामीले बुझ्ने भाषामा पाउने गर्दछन् ।
यसका लागि हामी सफ्टवेयरको प्रयोग गर्दछौं जुन बायनरी सिस्टममा निर्माण गरिएको हुन्छ । यहाँ हामी प्रयोगकर्ता र प्रसारण गर्ने मेसिन दुवैको महत्वपूर्ण प्रक्रिया पनि बुझ्नु राम्रो हुन्छ । यद्यपि साधारण प्रयोगकर्ताले प्रविधि प्रयोग गरी आफूलाई चाहिएको सुविधामात्र उपयोग गर्न सक्छन् । उनीहरूलाई सफ्टवयरको आन्तरिक प्रक्रियामा समावेश हुन आवश्यक पर्दैन । उनीहरू आफूले अन्तत्र्रिmया गर्न मेसिनमा युजर फ्रेन्ड्ली एप्लिकेसन वा टुल्स डाउनलोड गरेर सरल तरिकाले अन्तक्र्रिया गर्न सक्दछन् । यी कुराहरू नै Interactive System हो भन्ने बुझ्नु पर्दछ । अन्तक्र्रियात्मक सञ्चारका लागि विशेषतः यी चार कुराहरूको ज्ञान रहनु उत्तम हुन्छ । पहिलो Functional Core सिस्टमको Backend हो । यसकै कारण हामीहरू सफ्टवेयरको प्रयोग गर्दछौं । यसमा हामीले इन्पुट दिन सक्छौ तर इन्पुट सही हो होइन भनेर तयार गरिएको प्रविधिले तपाईंलाई नै बताउँछ । उदाहरणका लागि हामीले चेस खेल्दै गर्दा कम्प्युटरले घोडा यो स्थानमा चाल्न पाउँदैन भनेर सन्देश दिन सक्छ । सरसर्ती हेर्दा प्रयोगकर्तालाई किन के भन्ने थाहा नभए पनि व्यवस्थापकले भने नियन्त्रण गरिरहेको हुन्छ । दोस्रो भनेकोDialog Control हो । यसलाई हामीले Non user interface भनेर बुझ्न पनि सक्छौं । हामीले वर्ड फाइल खोल्यौं भने माथिको बार फिक्स हुन्छ । त्यसमा रहेका सुविधा हामी प्रयोग गर्न सक्छौँ तर परिमार्जन गर्न सक्दैनौ किनकि यो सफ्टवेयर निर्माण गर्दा नै निश्चित गरिएको सेवा र सर्तहरूको आधारमा तय गरिएका हुन्छ । हामीले चाहेर परिवर्तन गर्न सक्दैनौँ । उदाहरणका लागि हामी सेब एज भन्ने सुविधा उपयोग गर्न सक्छौँ तर सेब गर्ने नाम कहाँ गर्ने जस्ता सुविधाको मात्र हामीसँग स्वतन्त्रता हुन्छ । तेस्रो Interation Object हामीले कम्प्युटर प्रविधिसँग काम गरिरहँदा प्रयोग हुने वस्तु हो । यी वस्तुहरू प्रयोगकर्ताले इच्छा अनुरूप प्रयोग गर्न पाउँछन् । प्रिन्ट गर्दैगर्दा माउसको इन्पुटको लागि प्रयोग हुन्छ भने कम्प्युटर सफ्टवेयरमार्फत प्रिन्टरले आदेश पाएपछि प्रिन्ट हुन्छ । यहाँ माउस र प्रिन्टर अन्तत्र्रिmयात्मक वस्तु हुन् ।
यसरी हामीले चाहेर नचाहेर डिजिटल प्रबिधि सञ्चार क्षेत्रमा प्रयोग गर्दै आउन थालेको दशकौं भइसकेको छ । अब पनि हामी मेसिनसँग अभ्यस्त बन्न सकेनांै भने सञ्चार क्षेत्रमा प्रयोग हुने मेसिनहरूले एआईसमेतको प्रयोग गर्दै जाँदा हामी ढुंगेयुगमै भएको महसुस गर्न बाध्य हुनेछौ । यी र यस्ता कारण आम नागरिकमा मेसिन र प्र्रविधिको प्रयोगको साक्षरतामा वृद्धि गरिनुपर्ने दायित्वमा नेपाल सरकार सचेत हुनु जरुरी छ ।
(लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष तथा पूर्वीय दर्शनका अध्येयता हुन् ।)
प्रतिक्रिया