देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुर डढेलो निभाउने क्रममा घाइते एकजनाको मृत्यु 

देशान्तर

काठमाडौं । ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका तीनमध्ये एकजनाको मृत्यु भएको छ । डढेलोमा जलेर स्थानीय शंकर पहारीको मृत्यु भएको हो ।

जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी शेखर खनालले जानकारी दिए ।

सोही डढेलो निभाउने क्रममा जलेर अरू दुईजना घाइते छन् । कीर्तिपुर बर्न अस्पतालमै एकजनाको उपचार जारी छ । राष्ट्रिय ट्रमा सेन्टरमा अर्का एक घाइतेको उपचार भइरहेको गोदावरी नगरपालिकाले जनाएको छ ।