देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विपक्षी दलहरू कांग्रेस र राप्रपाद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध

देशान्तर

काठमाडौँ । विपक्षी दलहरू नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् । आइतबार बसेको बैठकको सुरुमै कांग्रेस र राप्रपाका सांसदहरू आसनबाट उभिएर बैठक अवरुद्ध पारेका हुन् ।

सभामुख देवराज घिमिरेले सांसदहरूलाई कार्यव्यवस्था समितिको बैठकमा भएको सहमति अनुसार बैठक अघि बढाउन आग्रह गरेका थिए ।

सभामुखले आजको बैठकको कार्यसूचीमा रहेको क्रम सङ्ख्या १ देखि ७ सम्मको कार्यक्रम सूचीबाट हटाएका छन् । कार्य व्यवस्था परामर्श समितिमा विपक्षी दलसँगको सहमतिअनुसार केही कार्यसूची हटाएर बैठक सुरू भएको हो । आजको बैठकमा जरुरी विषयमात्र संसदमा पेश गर्ने सहमति भएपछि अन्य कार्यसूची हटाइएको छ ।