देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै

देशान्तर

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि चैत्र २३ गते मुख्यमन्त्री बनेका महराले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

संविधानबमोजिम मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर महराले एक साता नबित्दै विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाको शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

महरा गठबन्धनमा रहेका पाँच दल र एक स्वतन्त्र सांसद समेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा उनलाई प्रदेशसभामा ४८ सांसदको समर्थन छ । तर मुख्यमन्त्री नियुक्त हुनुभन्दा अघि उनले गरेको सहमतिबमोजिम काम नगरेको भन्दै सरकारमा सहभागी साना दलहरू असन्तुष्ट देखिन थालिसकेका छन् । त्यहीकारण महराले हतारिएर विश्वासको मत लिने तयारी गरेका हुन् ।