देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र वेस्टइन्डिज ‘ए’को खेल तालिका सार्वजनिक

देशान्तर

काठमाडौं । नेपाल र वेस्टइन्डिज ‘ए’ बीच हुने पाँच टि–२० खेलको खेलतालिका सार्वजनिक भएको छ ।

वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टि–२० खेलको तालिका सार्वजनिक गरेको हो । नेपालले टि–२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।

नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ । सबै खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ । वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो ।