देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपनिर्वाचनको तस्बिर

देशान्तर


काठमाडौं । इलाम २ र बझाङ १(क)माआगामीवैशाख १५ गते हुने उपनिर्वाचनकालागिशनिबारविभिन्नदलकाउम्मेदवारको उम्मेदवारी दर्ता सँगै अबजितहारको चर्चा र चुनावी सरगर्मी बढेको छ ।


इलाम २ मा१२ राजनीतिकदलतथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । इलाम २ मा नेपालीकांग्रेसबाट डम्बर खड्का, नेकपाएमालेबाट सुहाङ नेम्बाङ, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपालमजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनकामनीबहादुर लिम्बूले मनोनयनदर्ता गराएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलनलिम्बू, स्वतन्त्रउम्मेदवार डकेन्द्रसिंह थेगिम, अर्का स्वतन्त्रउम्मेदवार डाकप्रसादगौतमले उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेशबहादुर चौहान, राष्ट्रियमुक्तिआन्दोलन दलबाट जयवन्तविक्रमशाह, नेपालीजनता दलबाट रेशमबहादुर सुनार, नेसनल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ भने अन्य स्वतन्त्रउम्मेदवारहरूको पनिमनोनयनदर्ता भएको छ । उम्मेदवारी दर्ता गरेकाउम्मेदवारविरुद्ध आइतबारबिहान १० बजेदेखि ३ बजेसम्म विरुद्ध उजुरी दिने, दिउँसो ३ देखि ५ बजेसम्ममनोनयनपत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ । चैत २६ गते उम्मेदवारको नामावलीप्रकाशनगर्ने, चैत २७गते उम्मेदवारले नामफिर्ता लिने, अन्तिमनामावलीप्रकाशनगर्ने र चुनावचिह्नदिने कार्यसूची रहेको छ भने वैशाख १५ गते मतदानगर्ने कार्यसूची रहेको छ ।
बझाङ १(क)मापनि१२ दलका १२ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपालीकांग्रेसकातर्फबाट अभिषेकबहादुर सिंह, नेकपाएमालेबाट दमनबहादुर भण्डारी, नेकपाएकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर जाग्रीको उम्मेदवारी दर्ता भएको छ । यसैगरी राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेकपामाओवादी केन्द्रबाट जनकबहादुर बुढा, नेपालमजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेसनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएकोछ ।नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट,नेपालीजनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।


इलाम २ मार बझाङ १(क) माउम्मेदवारी दिएकादलहरूमध्ये मुख्यप्रतिस्पर्धीभने नेपालीकांग्रेस र एमाले नै हुन् । इलाम २ मामाओवादी केन्द्र र बिप्लव नेतृत्वको नेकपाले समर्थन गरेकाउम्मेदवारसुहाङ नेम्बाङ यसअघि इलामको राजनीतिमाचिनिएकापात्र हैनन् । उनको परिचयभनेको उनीएमालेका नेता स्वः सुवास नेम्बाङका छोरा हुन् । नेम्बाङको निधनकाकारण हुनलागेको उपनिर्वाचनमाएमालेले सहानुभूतिको मतप्राप्तगर्ने आशाले उनलाई उम्मेदवार बनाएको हो । उनीप्रवासमाथिए । यता सभामुख र संविधानसभाअध्यक्षभइसकेका सुवास नेम्बाङसँग तत्कालीनवामलोकतान्त्रिक गठबन्धनबाट निर्वाचन लडेका र झिनो ११४ मतले अघिल्लो निर्वाचनमा पराजयभोगेका नेपालीकांग्रेसकाउम्मेदवार डम्बरबहादुर खड्काइलाम २ मै रहेर राजनीतिगरिरहेका नेताहुन् । त्यसकारण इलाम २ को निर्वाचनमाप्रतिस्पर्धा एमालेसँग भएपनिकांग्रेसले सहजजितनिकाल्ने दाबी गरेको छ ।यसकालागिकांग्रेस एकढिक्का भएपुग्ने नेताहरूले बताएका छन् । त्यसमाथि सत्ता गठबन्धनका पनि छुट्टाछुट्टै उम्मेदवार र पहिचानवादीको तर्फबाट पनि यसपटक उम्मेदवार उठेकाले एमालेको भोट काटिने विश्लेषण गरिएको छ । एमालेलाई कोशीमापहिचानविरोधीकारूपमापहिचानवादीले लिने गरेका छन् । त्यसमाथिवंशवादको विरोध गर्ने एमालेले अवसर आउँदावंशवादलाई नै प्रश्रय दिने गरेको भन्दै एमालेकै टिकटका आकांक्षीजिल्लाका सुहाङभन्दासिनियर नेताहरूको असन्तुष्टि रहेको पनिबताइएको छ । इलाम २ कांग्रेसको बलियो क्षेत्र पनिहो ।
बझाङ१ (क)मापनिकांग्रेस बलियो छ ।मुख्यप्रतिस्पर्धीएमालेनै हुने नेताहरूले बताएका छन् । किनकिबझाङमा सत्ता गठबन्धनमा रहेका नेकपाएमाले, माओवादी केन्द्र, नेकपाएकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।
सडक दुर्घटनामा परेर निधनभएका सुदूरपश्चिम सरकारकातत्कालीनआन्तरिक मामिलातथाकानुनमन्त्रीसमेत रहेका पृथ्वीबहादुर सिंहले जितेको यो क्षेत्रमाउनकै छोरालाई कांग्रेसले टिकटदिएको हो । प्रदेशसभासिंह ३ हजार ७ सय ७६ मतले विजयीभएकाथिए । उनले १७हजार १ सय १३ मतप्राप्त गरेकाथिएभने एमालेकाउम्मेदवार अफिलालओखेडाले १३ हजार ३ सय ३६ मतप्राप्त गरेकाथिए ।