देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालले आज बरोडासँग खेल्दै 

देशान्तर

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज चौथो खेल बरोडासँग खेल्दैछ । खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा दिउँसो पौन्य तीन बजेदेखि शुरु हुनेछ ।

आज तीनै खेल जितेर फाइनल पुगेको नेपाल र तीनै खेलमा पराजय भोगेर फाइनलबाटै बाहिरीसकेको बरोडाबीच लिग चरणको अन्तिम खेल हुँदैछ ।

नेपालले पहिलो खेल गुजरातसँग खेलेको थियो । गुजरातलाई पहिलो खेलमा पराजित गर्दै विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा बरोडालाई र तेस्रोमा पुनः गुजरातलाई हराउँदै ६ अंक सहित फाइनल पुगेको थियो ।

गुजरात र बरोडाबीचको दुवै खेलमा गुजरातले बरोडालाई हराएर फाइनल पुगेको छ ।  त्यसैले आजको खेलको नतिजाले कुनै फरक पर्ने देखिँदैन ।

डबल राउन्ड रोबिनको आधारमा भएको खेलको फाइनल भने आइतबार हुनेछ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द ।

बरोडाको टोली : विष्णु सोलांकी (कप्तान), ज्योत्सनिल सिंह, शस्वात रावत, प्रियांशु मोलिया, भानु पनिया, हेमन्त पौण्डे, सोयबी सोपारिया, अभिमन्युसिंह राजपुत, ध्रुव पटेल, जय अभाले, अमित पासी, मोहित मोंगिया, पिरिक्षित पाटीदार, लक्षित तोक्सिया र बाबासाफिखान पठान ।

नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो। सिरिज सकेर नेपाल त्यहिँबाटै ओमानतर्फ जानेछ।