देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाल्टिमोर पुल दुर्घटना : बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान

देशान्तर

अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा जहाज ठोक्किएपछि भएको पुल दुर्घटनाको उद्धार कार्य अहिले रोकिएको छ ।

अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन्।

दुर्घटना हुँदा सबैजना पुलको खाल्डो भर्ने काममा व्यस्त रहेको र जहाज पुलमा ठोक्किएपछि पानीमा खसेका थिए ।

उनीहरु सबै बेपत्ता छन् र अवस्था हेर्दा उनीहरु जिवितै नहुने अनुमान गरिएको छ ।

अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले समय बित्दै जाँदा उद्धार कार्य झनै कठिन हुँदै गएको बताएका छन् ।

पानीको तापक्रम र तैरिरहेको भग्नावशेषका कारण उद्धार प्रक्रिया निकै चुनौतीपूर्ण भएको एक अधिकारीले बताए ।

सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको थियो । स्थानीय समय अनुसार मंगलबार बिहान १ः३० बजे भएको घटनामा पुलको ठुलो भाग भत्किएको हो ।