देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अछाममा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

देशान्तर

काठमाडौं । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।


मृत्यु हुनेमा मेल्लेख–१ का रङ्ग धामी, जनक धामी, प्रेम धामी, नरबहादुर धामी र जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा लालबहादुर धामी, हंस धामी र देवेन्द्र धामी घाइते भएका छन् । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ । षोडशाबाट साँफेबगरतर्फ हिडेको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो ।