देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मंगलबार माओवादी केन्द्रको आकस्मिक पदाधिकारी बैठक

देशान्तर

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादीका उपाध्यक्ष कृष्ण बहादुर महरा सहित यो प्रकरणमा अधिकांश माओवादी केन्द्रका नेता कार्यकर्ता मुछिएका छन् । केहि पक्राउ परेका छन भने केहि फरार छन् ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । मंगलबार बिहान बस्नेगरी प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र नेताहरुको कार्यविभाजनसहित बारे छलफल हुने बताइएको छ । बैठक पूर्वनिर्धारित होइन, आकस्मिक बोलाइएको हो ।