देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिपेशलाई हिरासतमा राख्न ६ दिनको म्याद

देशान्तर

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेशलाई हिरासतमा राख्न अदालतले ६ दिनको म्याद दिएको छ । सहकारी ठगीमा पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतले हिरासतमा राख्ने अनुमति दिएको हो ।

शुक्रबार काठमाडौंमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा पेस गरेको थियो । बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका पुनलाई शुक्रबार नै प्रहरीले बुटवल पु¥याएको थियो ।