देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुशासन तथा सेवा प्रवाह प्रभावकारी भएमात्र लोकतन्त्रको लक्ष्य पूरा हुन्छः राष्ट्रपति

देशान्तर


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवं प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुने बताएका छन् । मण्डनदेउपुर नगरपालिकाको सातौँ स्थापना दिवस तथा नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले संविधानको भावना तथा सङ्घीयताको मर्मअनुरुप हुनेगरी राज्यबाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न स्थानीय निकाय दत्तचित्त हुनुपर्नेमा जोड दिए । उनले विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताए ।


राज्यको पुनःसंरचनाका क्रममा स्थानीय तहको गठन भई सङ्घीयता कार्यान्वयन भएको योे अवधिसम्म पनि देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेका बेला यस नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी जनतालाई दिने सेवासुविधालाई सहज एवं प्रभावकारी बनाउन आवश्यक सुविधा सम्पन्न प्रशासकीय भवन बनाएकामा उनले नगरपालिकाको सराहना गरे ।
मुलुक सङ्घीयतामा रुपान्तरण भएपछि केन्द्रमा रहेका राजनीतिक, आर्थिक तथा न्यायिक अधिकार जनताको घरदैलो नजिक स्थानीय तहसम्म पु¥याइएका सन्दर्भमा बृहत्तर सेवा प्रवाह गर्न भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको उनकोे भनाइ थियो । यस नगरपालिकाले शैक्षिक गुणस्तर सुधार कार्यक्रम, स्मार्ट कक्षा सञ्चालन, सबै विद्यालयमा आफ्नै इन्टरनेट सेवा पु¥याइ शिक्षा क्षेत्रमा गरेको प्रगति प्रशंसनीय रहेको उनले बताए ।

मिलेको भूगोल, लेकबेंसीसम्मको हावापानी, राजधानीबाट नजिक, छिमेकी देश चीनसँगको तातोपानी नाकाबाट नजिकको दूरीमा रहेकाले औद्योगिक उत्पादन, कृषि र पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धिको यात्रा तय गर्नसक्ने प्रचुर अवसरलाई यस नगरपालिकाले उपयोग गर्ने उनले विश्वास व्यक्त गरे । रासस