देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालकुमारी घटनाको सांसदहरूले उठाएको विषय हल भयो : ‘प्रचण्ड’

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटनाको विषयमा सांसदहरूले उठाएको विषय हल भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार पुनर्गठनले बालकुमारी घटनाबारे सांसदहरूले गरेको माग पूरा भएको बताए । प्रधानमन्त्री ‘प्रचण्ड’ले सहकारी संस्थाको नियमनका निम्ति दोस्रो तहको नियामक निकाय बनाउने कानुनको मस्यौदा अन्तिम चरणमा पुगेको पनि बताए ।

उनले बचत तथा ऋणको मुख्य कारोबार गर्ने कुनै पनि प्रकृतिको सहकारी संघ, प्रदेश र स्थानीय तहबाट दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको जानकारी गराए । उनले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक दबाब बढाइएको स्पष्ट पारे । ठूला कारोबार गर्ने सहकारीको पहिचान गरी राष्ट्र बैंकको सहभागितामा अनुगमनको काम भइरहेको बताए । हालसम्म १८ वटा सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरी सम्पत्ति फरफारक गरी सहकारी व्यवस्थापन समितिमा पठाइसकिएको उनले बताए । उनले मिटरब्याजी पीडितका समस्या समाधान गर्न गत वर्ष चैत २० गते उच्चस्तरीय अनुसन्धान आयोग बनाएको, २७ हजार उजुरी संकलन गरेको ५ हजार बढी फच्छ्यौट भएको बताए ।

उनले दुग्ध किसानको पुस मसान्तसम्मको भुक्तानी चैत २१ गतेसम्म गर्ने सहमति भएको बताए । प्रधानमन्त्रीले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको बताउदै रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताए ।