देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

देशान्तर

काठमाडौं । बिहीवार बसेको पुनःगठित मन्त्रीपरिषद्को पहिलो बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोकेको छ ।
यस्तै सरकारले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन जान महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको छ । २६ गते शनिवार अवकास हुन लागेकी स्वास्थ्य सचिव देवकुमारी गुरागाईलाई बिदाई गर्ने पनि निर्णय भएको छ ।

सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रवक्ता शर्माले जानकारी दिइन् । आज बसेको पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई कामको गति बढाउन निर्देशन दिएका थिए । उनले केही गरौं भन्ने जोखिम मोलेर आफूले नयाँ गठबन्धन बनाएको दाबी गरे ।