देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रालय बाँडफाँट टुंग्याउन कार्यदलको बैठक बस्दै

देशान्तर

काठमाडौं । नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसो बस्दै छ । मन्त्रालयको भागबण्डा टुंगो लगाउन नेताहरू आन्तरिक छलफलमा छन् । दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको छ ।

कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वणर्िम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ छन् ।

आजको बैठकमा मन्त्रालयको भागबन्डाका विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससहितको गठबन्धन तोडेर एमाले लगायत दलसँग नयाँ गठबन्धन गर्ने निणर्य गर्दै सोमबार पूराना सबै मन्त्रीहरुलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।

एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डपी अर्यालले सोमबार विना विगाभीय मन्त्रीकारुपमा सपथग्रहण गरेका छन् ।