देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने

देशान्तर

काठमाडौँ । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ ।

मंगलबार अपराह्न ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ । यसअघि आज बिहान बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठकमा सत्ता गठबन्धन फेरबदलबारे छलफल भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताएका थिए । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय भोलि गर्ने भएको छ ।

यसैबीच नयाँ सत्ता गठबन्धन निर्माण भएसँगै राप्रपाले आफ्नो धारणा तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।समसामयिक राजनीतिक परिस्थिति र घोषित आन्दोलनको आवश्यक तयारीका बारे छलफल गर्ने शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।