देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचक ११७.७० अंकले वृद्धि

देशान्तर

काठमाडौं । नेप्से परिसूचक ११७.७० अंकले वृद्धि भएको छ । सोमबार ११७.७० अंकले वृद्धि भएको सेयर बजार २०७८ विन्दुमा पुगेर बन्द भएको छ ।  माओवादी–कांग्रेससहितको गठबन्धन भत्किएर माओवादी–एमाले सत्ता गठबन्धन बनेसँगै सोमबार सेयर बजारमा उछाल आएको हो । सोमबार ६ प्रतिशतले सेयर बजार बढेको हो । सोमबार बजारमा दुईपटक सकारात्मक सर्किट लागेको थियो । 


यसदिन २३७ कम्पनीको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड २० लाख ९ हजार ९७८ रुपैयाँको कारोबार भएको छ ।  यसदिन २३० कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ ।