देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘अमेरिका बेलायत र इयुले लगाएको नयाँ प्रतिबन्धले कुनै असर गर्दैन’

देशान्तर

काठमाडौं । अमेरिकाले रुसमाथि थप नयाँ क्षेत्रमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । रुसले युक्रेनमा लगातार २ वर्षदेखि आक्रमण जारी राखेका बेला अमेरिकाले रुसमाथि पाँच सय भन्दा बढी नयाँ प्रतिबन्धहरुको घोषणा गरेको हो । तर,उक्त प्रतिबन्धहरुले कुनै असर नगर्ने प्रतिक्रिया रुसले दिएको छ ।

जसअनुसार रुसलाई सहयोग गर्ने १०० बढी संस्थाहरु पनि प्रतिबन्धको सूचीमा छन् । ह्वाइटहाउसले निकालेको विज्ञप्ति अनुसार रुसको आर्कटिक क्षेत्रमा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युको कारण पनि प्रतिबन्धहरु लगाइएको जनाएको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा बाइडेनले नाभाल्नीको कारावाससँग जोडिएका व्यक्तिहरूका साथै रुसको वित्तीय क्षेत्र, रक्षा औद्योगिक आधार र खरिद सञ्जाललगायत अन्य क्षेत्रहरूमा पनि प्रतिबन्ध लगाइने उल्लेख छ । अमेरिकी राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति पुटिनले उच्च मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

उता, बेलायतले पनि रुसमाथि नयाँ प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको नयाँ प्याकेज घोषणा गर्दै बेलायतले राष्ट्रपति भ्लादिमिर पुटिनको हतियार र युद्धलाई कम गर्ने प्रयास गरिरहेको बताएको छ । बेलायतकी विदेशमन्त्री डेभिड क्यामरुनले ५० भन्दा बढी व्यक्ति र संस्थालाई प्रतिबन्ध लगाएको बताइन् ।

बेलायत र अमेरिका बाहेक युरोपियन युनियनले पनि रुसमाथि नयाँ प्रतिबन्धको प्याकेज घोषणा गरेको छ । ईयूले भारतसहित रुस, चीन, काजाकिस्तान, सर्बिया, थाइल्याण्ड, श्रीलंका र टर्कीमा दर्ता भएका २७ कम्पनीमाथि प्रतिबन्ध लगाएको हो ।

यता रुसले भने प्रतिबन्धले कुनै पनि असर नपर्ने बताउँदै युक्रेन युद्ध जारी रहने प्रतिक्रिया दिएको छ ।