देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाभाल्नीका परिवारले अझैं शव पाएनन्

देशान्तर

रुसका राष्ट्रपति भ्लादिमिर पुटीनका कट्टर विरोधी एलेक्स नाभाल्नीको शव २ सातापछि मात्रै परिवारलाई जिम्मा लगाइने जनाइएको छ । जेलमा बन्द नाभाल्नीको गता साता मृत्यु भएपछि आमालाई जानकारी गराउँदै शव रासायनिक परिक्षणका लागि राखिएको बताइएको थियो ।

रुसको सबैभन्दा कठिन जेलमा मृत्यु भएका नाभाल्नीको शवको नजिक पुग्न पनि परिवारलाई दिइएको छैन । नाभाल्नीका श्रीमतीले पतिको शव लुकाएको बताएकी छन् । उनले आफ्ना पतिको हत्या पुटिनले गरेको र पुटिनविरुद्ध पतिले  छेडेको अभियानलाई आफूले निरन्तरता दिने पनि बताइन् ।

उता, क्रेमलिनले नाभाल्नीको मृत्युको बारेमा आफूहरुले अध्ययन गरिरहेको र अझैंसम्म कुनै नतिजा नआएको जवाफ दिएको छ । अनुसन्धानपछि मात्रै हस्तान्तरण गर्ने पनि बताएको छ ।

नाभाल्नीको मृत्यु पछि पुटिनमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय फोरमहरुमा नाभाल्नीको मृत्युको जाँच हुनुपर्ने आवाज उठेको हो । यसैगरी अमेरिका र युरोपियन युनियनले रुसमाथि नयाँ प्रतिवन्ध लगाउने विषयमा पनि छलफल गरिरहेको बीबीसीले जनाएको छ ।

तर, रुसका प्रवक्ता दिमित्री पेस्कोभले नाभाल्नीको मृत्युका सम्बन्धमा पश्चिमीहरुको टिप्पणी ‘अंहकार’ र अस्वीकार्य भनेर टिप्पणी गरेका थिए ।

रुसले नाभाल्नीको ‘सडन डेथ सिन्ड्रोम’ ले ज्यान गएको बताएको छ ।